काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता नदिएका ३ जनालाई बुधबारको लागि पुनःअन्तर्वार्ता दिन बोलाइएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले आइतबार अन्तर्वार्ताको लागि बोलाएको थियो । मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र अन्तर्वार्ता दिन पुगेका थिए । नवराज अधिकारी,कृष्ण कार्की र चिरञ्जिवी चापागाईँ अन्तर्वार्ता दिन पुगेका थिएनन् ।
समितिले बुधबारको लागि अन्तर्वार्ताको लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्