Skip to content

मरुवाखोलामा पुल नहुँदा वर्षायाममा आउजाउमा समस्या

nabil
global ime

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित कटारी बजार र तित्रीबोट जोड्ने मरुवाखोलामा पक्की पुल नहुँदा आउजाउमा समस्या हुने गरेको छ ।

तीन वर्षअघि कोशी प्रदेश सरकारका तत्कालीन् भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेले पुलको शिलान्यास गरेका थिए। ‘शिलान्यास भएपछि पुल बन्ने खुसियालीमा थियौँ तर पक्की पुललाई बजेट पुग्दैन भनेर पुल अन्यत्र सारे’, तित्रीबोटका स्थानीय मोहन दनुवारले भने, ‘मरुवाखोला भनेर यहाँ धुमधामका साथ शिलान्यास गरे पछि पुलचाहिँ माथि लगेर बनाएछन् ।’

यहाँ पुल नहुँदा वर्षामा आउने बाढीले आउजाउमा समस्या हुने गरेको छ । ‘कटारी बजारबाट घर आउन सकिँदैन, विद्यार्थीहरु उतै रोकिन्छन्’, कटारी ४ गँबुवाका दीपक राईले भने, ‘बिरामी हुँदा एम्बुलेन्स ल्याउनसमेत सकिँदैन ।’ यहाँ पुल निर्माणका लागि प्रदेश सरकार, केन्द्र सरकारका प्रतिनिधिलाई पटकपटक आग्रह गरेको स्थानीय क्षेत्रबहादुर तामाङले बताए । उनले भने, ‘सरकारले पुरानो बाटोमा पुल बनाउन उपेक्षा गरेको देखियो ।’

वडा कार्यालय र वडावासीलाई जोड्ने मुख्य बाटोमै पुल नहुँदा समस्या भएको वडाध्यक्ष भूपेश तामाङले बताए । तीन दशकअघिसम्म पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु पैदल हिँड्ने यो एकमात्र रुट थियो । केही वर्षअघि यो रुटमा पनि सडक ट्रयाक खोलिएको छ । यहाँ पुल नबन्दा कटारी–४ का साथै माथिल्लो वडा ११, १२, १३ र सिन्धुलीको पूर्वी भेगका स्थानीयसमेत समस्यामा पर्ने गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima