Skip to content
Prabhu

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया : महान्यायाधिवक्ता दिनमणी पोखरेललाई कर्पोरेटर दबाब, व्यवसायी दुई ध्रुवमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा महान्यायाधिवक्ता दिनमणी पोखरेललाई कर्पोरेट बदाब परेको छ । अन्तर्वार्ताका लागि बोलाइएकामध्ये २ जना मात्रै उपस्थित भए पछि बोर्ड अध्यक्ष सिफारिस समिति यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयको रायको प्रतिक्षामा रहेको छ ।

यो अवस्थामा व्यवसायीहरुले आफ्नो अनुकूलको राय दिनका लागि दबाब दिएको बताइएको छ । दुई पटकसम्म अन्तर्वार्ताका लागि समय तोकेर बोलाउँदा पनि कानुनमा व्यवस्था भए बमोजिमका उम्मेदवारहरु उपस्थित नभएपछि समिति थप समस्यामा परेको छ । यो अवस्थामा सिफारिस समिति महान्यायधिवक्ता कार्यालयको रायको प्रतिक्षामा रहेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष करिब ७ महिनादेखि खाली रहेको छ । तत्कालीन अध्यक्ष रमेश हमाल बोर्डबाट बिदा भएसँगै अध्यक्ष पद रिक्त रहेको छ । अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिस्टमा निकालिएको थियो । तर, सर्टलिस्टमा परेका मध्ये २ जना मात्रै अन्तर्वार्तामा उपस्तिथ भएपछि यो विषय थप पेचिलो बन्दै गएको छ ।

अन्तर्वार्ताका लागि बोलाइएका धितोपत्रबोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका सीईओ कृष्ण कार्की र तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई अन्तर्वार्तामा अनुपस्थित भएका हुन् । अन्तर्वार्तामा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित रहेका थिए । बोर्डको अध्यक्ष नियुक्तिसम्बन्धी व्यवस्थामा सिफारिस समितिले कम्तीमा ३ जनाको नाम सिफारस गर्नुपर्ने व्यवस्था रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal