Skip to content
Prabhu

प्रभु बैंकको ३०७ औं शाखा जाजरकोटको खलंगामा सञ्चालन

 

काठमाडौं । प्रभु बैंकले जाजरकोटको भेरी नगरपालिका–४ स्थित खलङ्गा बजारमा आफ्नो ३०७औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यअनुसार असार ७ गतेदेखि खलंगा बजारमा शाखा कार्यालय स्थापना गरेको हो । प्रभु बैंकको यस अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय ७ शाखा कार्यालय, २ सय ८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal