काठमाडौं । असार २३ गते आएको बाढीका कारण ९८ करोड ५९ लाख ८२ हजार १५६ रुपैयाँको क्षति भएको भन्दै माग दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार बाढी पहिरोका कारण क्षति पुगेको भन्दै ११ वटा निर्जीबन बीमा कम्पनीमा ७८ वटाको माग दाबी परेको हो ।
प्राधिकरणका अनुसार साउन २२ गतेसम्म उपलब्ध तथ्याङ्क अनुुसार सम्पत्ति बीमा तर्फ ६१ करोड ४७ लाख रुपैयाँ दाबी परेको छ । यसमा दाबीको संख्या ६ वटा रहेको छ । यस्तै सामुद्रिक बीमा तर्फ २२ करोड ४ लाख २९ लाख ६५६ रुपैयाँको दाबी परेको छ । यसमा दाबी परेको संख्या ९ वटा रहेको छ ।
इन्जिनियरिङ् तथा ठेकेदार जोखिम तर्फ ५ करोड ९५ लाख रुपैयाँको दाबी परेको छ । यसको संख्या ५ वटा रहेको छ । निजी मोटर बीमा तर्फ ५ करोड ५८ लाख रुपैयाँ दाबी रहेको छ । बीमा बीमालेखमा १६ वटा दाबी परेको छ ।
सार्वजनिक मोटर बीमा तर्फ ३ करोड ५५ लाख ५२ हजार ५०० रुपैयाँको दाबी परेको छ । उक्त बीमा लेखमा ४२ वटा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा २ वटाको ५५ करोड रुपैयाँको दाबी परेको छ ।
शिखर इन्स्योरेन्समा १५ वटाको १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६ वटाको ८ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसीमा ६ वटाको ६ करोड ८४ लाख ८२ हजार १५६ रुपैयाँ, नेको इन्स्योरेन्समा ५ वटाको ५ करोड ६७ लाख रुपैयाँको माग दाबी परेको छ ।
यस्तै सगरमाथा लुम्बिनीमा २ वटाको २ करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोडमा ३ वटाको ९१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलमा १० वटाको ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटाको ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा ७ वटाको ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटाको २८ लाख रुपैयाँ माग दाबी परेको छ ।












प्रतिक्रिया दिनुहोस्