Skip to content
Prabhu

जेठ महिनामा मात्रै भित्रिए २ हजार बढी विद्युती कार

 

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै नेपालमा २ हजारभन्दा बढी विद्युतीय कार भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनामा २ हजार ९६९ वटा विद्युतीय कार नेपाल भित्रिएका हुन् ।

जेठ महिनामा करिब ९ अर्ब रुपैयाँ बराबरको विद्युती यसवारी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांकअनुसार वैशाखमा १ हजार ४०४ वटा विद्युतीय सवारी आयात भएका थिए । व्यवसायीले बजेटले विद्युतीय गाडीमा कर बढाउने पूर्वसूचनाको आधारमा गाडी आयात बढाएका हुन्।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २९ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी भित्रिएका छन्। जसबाट सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेटमा ५० किलोवाटदेखि ३०० किलोवाट माथिसम्मका गाडीमा फरक फरक कर बढाएका छन् । पुनले ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लगाएका थिए । बजेटअघि उक्त क्षमताको गाडीको भन्सार १० प्रतिशत थियो भने अन्तशुल्क थिएन । यस्तै पुनले अन्य सवारीसाधनमा पनि फरक–फरक कर बढाएका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal