Skip to content

दमौली अस्पतालमा २८ लाखका २ थान डायलाइसिस मेसिन प्रदान

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ।
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा।परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा हाल १० वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक ८ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा। बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T