Skip to content
Prabhu

‘मेड इन नेपाल’ भेन्यू किन्नेले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा पाउने

काठमाडौं । नेपालकाा लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको ग्राहकमैत्री स्किम सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘मेड इन नेपाल’ भेन्यू बिक्री सुरु गरेको केही समयपछि नै नेपालमा एसेम्बल भएका भेन्यू किन्ने ग्राहकलाई ६.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध हुने भएको हो ।

‘हुन्डाई नेपालः मेड फर योर जर्नी’ नाम दिएर ल्याएको स्किममा नेपालमा एसेम्बल भएको भेन्यू किन्ने ग्राहकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । कम्पनीले स्कीममा भेन्यू किन्ने ग्राहकलाई १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेसनले उत्पादन गर्ने भेन्यू कम्पनीले भारत वा कोरियाको प्लान्टबाट उत्पादन गर्ने सरहकै क्वालीटीमा तयार भएको कम्पनीको भनाइ छ । नेपालमा अहिले भेन्यू १.२ लिटर एस भेरियन्ट र एसएक्स उत्पादन हुँदै आएको छ । यसको मूल्य पनि क्रमशः ४४ लाख ९६ हजार र ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal