काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सम्भावना भएको देश हो भनेर बताएका छन् । नेपाल व्यवस्थापक संघले आयोजना गरेको मौद्रिक नीतिको पूर्वछलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले उज्यालो आर्थिक अवस्था बनोस भन्ने धारणा राखे । आर्थिक अवस्थालाई बैकहरुको धर्यताले अहिलेको अवस्थामा आएको उनले बताए ।
नीतिगत स्थिरताको आबश्यक रहेको उनको भनाइ छ । सबै इन्डिकेटरले सकारात्मक समय आउने अवस्था रहेको शेरचनले बताए । केही शिथिल अवस्था भए पनि आतिनु पर्ने अवस्था नरेहेको उनलेको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्