Skip to content

नेपाली कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयोः सहमहामन्त्री आङ्दम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै सहमहामन्त्री आङ्दम्बेले यस्तो बताएका हुन्।

पार्टीले आदिवासी र जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा आफ्नो पहिचान गुमाउँदै गएको उनले उल्लेख गरे।

‘पार्टीभित्र पहिचानको कुरा गर्नेबित्तिकै एकखाले नेताहरूलाई यसले जातियताको मात्र कुरा गर्‍यो भन्ने लाग्छ। तर, त्यस्तो होइन, पहिचान भनेको जातिको र व्यक्तिको पनि हुन्छ। पार्टीको पनि हुन्छ। नेपाली कांग्रेसको पनि आफ्नै पहिचान छ। त्यो हामीले भुल्न भएन, सहमहामन्त्री आङ्दम्बेले भने, ुहिमाल पहाड र तराइका संवेदनशीलताहरूको एकमुष्ठ निष्कर्ष नै पार्टीको पहिचान हो।’

सहमहामन्त्री आङ्देम्बेले पार्टीले आफ्नो पहिचान चिन्ने कासिस नगर्दा थप कमजोर बन्दै गएको उल्लेख गरे। संघ, प्रदेश र स्थानीय तहमा पहिलो पार्टीको रूपमा रहे पनि त्यसको अनुभूति गर्न नसक्नुको प्रमुख कारण नै कमजोर पहिचान भएको उनको भनाइ छ।

‘सबै जातजाति र समुदायको प्रतिनिधित्व भए पार्टी हारे पनि जितेको महसुस गर्न सकिन्छ। थप ऊर्जा र उत्साहका साथ आउने दिनलाई जितमा परिणत गर्न सजिलै सकिन्छ। त्यसकारण पार्टीले आफ्नो पहिचानको खोजी गर्न सक्नुपर्दछ,’ उनले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima