Skip to content
Prabhu

सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सानिमा जीआईसीले ५० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सानिमा जीआईसीले सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुद्युम्न प्रसाद उपाध्याय र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal