Skip to content
Prabhu

कोरियन एयरद्वारा ४० बोइङ विमान अर्डर

कोरियन एयरले सोमबार बेलायतको फर्नबोरो एयरसोमा ४० वटा बोइङ ७८७ र ७७७ एक्स बाइड–बडी विमानका लागि अर्डर गरेको छ । यसबाट सङ्कटग्रस्त अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई बढावा प्राप्त भएको छ ।
दशवटा थप ७८७ विमानको विकल्प समावेश भएको उक्त सम्झौता इन्धन–कुशल जेटहरूका लागि सूची मूल्यअन्तर्गत १५ अर्ब डलरको रहेको छ । यद्यपि एयरलाइन्सहरूले सामान्यतया कार्यक्रमहरूमा प्रस्तुत गरिएका आकर्षक सम्झौताहमा ठूलो छुट हासिल गर्दछन् ।
“मलाई बोइङमा पूर्ण विश्वास छ”, कोरियन एयरका प्रमुख कार्यकारी वाल्टर चोले अमेरिकी समूहको हालैको सुरक्षा समस्याहरूका सन्दर्भमा सम्झौताको अनावरण समारोहमा पत्रकारहरूसँग भने, “हामी अहिले नयाँ डिजाइनहरूमा काम गरिरहेका छौँ, हामीले सधैँ उत्कृष्ट ग्राहक अनुभव र आरामको प्रयास गरिरहेका छौँ ।”
सोलस्थित एयरलाइन्सले पहिलो डेलिभरी सन् २०२८ मा हुने अपेक्षा गरेको छ । “यी नयाँ जहाजले यात्रीहरूको सुविधा बढाउनेछन् र परिचालन क्षमता वृद्धि गर्नेछन् । साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याउनेछन् । यसबाट दिगो उड्डयनका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई समर्थन गर्दछ”, चोले भने ।
दक्षिणपूर्वी इङ्गल्यान्डमा आयोजित बेलायतको द्विवार्षिक फर्नबोरो एयरसो बोइङ र युरोपेली कट्टर प्रतिद्वन्द्वी एयरबसबीच अर्डरको वर्चस्वमा परम्परागत हवाई लडाइँ हो । यद्यपि सुरक्षा चिन्ताहरूका बीच बोइङलाई ब्याकलगका कारण नोक्सान भएको छ ।
जनवरीमा अलास्का एयरलाइन्सले उडान गरेको ७३७ एमएएक्स फ्युसेलेज प्यानलमा आगो लाग्दा विमानले आपत्कालीन अवतरण गर्नुपरेको थियो ।
बोइङले अमेरिकी समूह नेसनल एयरलाइन्सले चार ७७७–२०० वाइड बढी मालवाहक विमानका लागि अर्डर गरेको सोमबार घोषणा गरेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal