Skip to content
Prabhu

पर्यटक बढेपछि समिट एयरको सञ्चालन नाफा ४३ प्रतिशतले बढ्यो

काठमाडौँ । समिट एयरको वर्ष २०२४ को पहिलो ६ महिनामा सञ्चालन नाफा मार्जिन ४३ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार यस नाफाले कम्पनीले कोरोना महामारीभन्दा अघिको अवस्थामा पुर्याएको छ ।
कम्पनीका अनुसार यो सुधार अमेरिकी डलरमा आधारित राजस्वका कारण भएको हो । यस वर्षको पहिलो ६ महिनामा विदेशी पर्यटक आगमन बढेपछि कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको हो । त्यसबाहेक हवाई इन्धनको मूल्य घटेको, नयाँ नियमनअनुसार भ्याटमा दर्ता अनिवार्य गरिनु पनि कम्पनीले कारक मानेको छ । कम्पनीको यस्तो नाफा माििर्जक सन् २०२२ मा १३ प्रतिशत थियो ।
नेपालका स्टोल रुटमा सञ्चालित समिट एयरले सन् २०१० बाट सेवा सुरु गरेको थियो । कम्पनीले सन् २०१६ सम्म गोमा एयरका नाममा सेवा दिइरहेको थियो । अधिकांश व्यवसाय लुक्ला मार्गमा रहेको र एउटा मार्गमा बढी निर्भर रहँदा कम्पनीको व्यवसायमा आगामी दिनमा असर गर्ने अनुमान गरिएको छ ।
सन् २०२३ मा कम्पनीको कुल राजस्वकको ५३ प्रतिशत हिस्सा लुक्लामार्र्गमा निर्भर थियो । त्यसबोहक सन् २०२४ मा कम्पनीको ९५ प्रतिशत व्यवसाय २० वटा एजेन्टमा सीमित छ । जुन कम्पनीको कमजोर पक्षका रुपमा लिइएको छ । सन् २०२३ मा यी कम्पनीको व्यवसाय शीर्ष २० एजेन्टमा ७३ प्रतिशत  मात्रै थियो ।
स्टोल रुटमा सन् २०२२ मा ३५ प्रतिशत बजार हिस्सा रहेकोमा सन् २०२३ मा ३० प्रतिशतमा खुम्चिएको छ । बजार हिस्सा घट्नुलाई कम्पनीले विमानमा देखिएको प्राविधिक समस्यालाई कारक मानेको छ । कम्पनीले हाल नियमित हवाई उडानका साथै कार्गो र चार्टर्ड उडान पनि गर्दै आएको छ । कम्पनीका अध्यक्ष विकास जेबी राणा हुन् ।
कम्पनीले नेपाल मुद्रामा ३५ करोढ ५४ लाख रुपैयाँ र अमेरिकी डलरमा ९२ लाख ऋण लिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal