Skip to content
Prabhu

सौर्य एयरको जहाज दुर्घटनापछि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। थाइल्यान्डको बैंककबाट आएको थाइ एयरको जहाज भर्खरै विमानस्थलमा ल्यान्ड भएको छ ।

यसैबीचमा हिमालयन एयरको जहाज पनि ल्यान्ड हुने क्रममा छ । भिस्तारा एयरको जहाज उड्न ठिक्क परेर बसेको छ । त्यसपछि नयाँ दिल्लीबाट आएको भुटान एयरको पालो छ ।

सौर्यको जहाज बिहान ११ः११ बजे दुर्घटनामा परेपछि बिमानस्थल बन्द थियो । यता आन्तरिकतर्फको उडानको टुंगो लागिसकेको छैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal