Skip to content

समयमै काम नगर्ने ५२ कम्पनीलाई सडक डिभिजनले सोध्यो किन कालोसूचीमा नराख्ने ?

काठमाडौँ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँ अन्तर्गतको सडक डिभिजन चरिकोटले ठेक्का किन नतोड्ने भन्दै विभिन्न निर्माण कम्पनीलाई स्पष्टीकरण सोधको छ । कार्यालय आज एक सूचनामार्फत काम गर्ने सम्झौता गरी समयमै काम नगर्ने ५२ कम्पनीका नाममा आज सार्वजनिक सूचना जारी गरेको हो ।

कार्यालयले समयमै नगरेको तथा काम सम्पन्न गर्न अग्रसर समेत भएको नदेखिएकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक प्रतिनिधि एव् कार्यालयमा उपस्थित भइ समयमा काम सम्पन्न हुन नसक्नुको कारण भए लिखित जवाफ पेस गर्न र निर्माण सम्पन्न गर्न सक्ने आधार पेस गर्न भनेको छ ।

कार्यालयले सूचनाअनुसार कार्यालयमा उपस्थित नभएमा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T