Skip to content

उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी

काठमाडौं । बजारमा चिनीको अभाव र मू्ल्य वृद्धि भइरहेको समयमा सरकारले उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँका दरले चिनी सर्वसुलभ रूपमा बिक्री वितरण भइरहेको दाबी गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस्तो दाबी गरेको हो । विभागले काठमाडौं उपत्यकामा चिनीको आपूर्ति तथा बिक्री वितरणको अवस्थाबारे अनुगमन गरिएको थियो। अनुगमनपछि भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँका दरले चिनी सर्वसुलभ रूपमा बिक्री वितरण भइरहेको जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढी–पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएको तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको भन्दै चाडपर्वमा चिनीको अभाव सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा भदौ ३० गते सम्बन्धित सरोकारवालाहरूसँग बैठक बसेको थियो ।
विभागका अनुसार भोटेकोशी नदीमा आएको बाढी–पहिरो तथा त्यसबाट पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएका कारण चाडपर्वमा बढी खपत हुने अत्यावश्यक खाद्य वस्तु चिनीको अभाव भएको छ ।

विभागले चिनीको बिक्री वितरण भइरहेको अवस्थाबारे सबै उपभोक्तालाई जानकारी गराउँदै चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेको दाबी गरेको छ।

बजारमा चिनीको अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढी चिनी सञ्चय नगर्न विभागले अनुरोध गरेको छ। पर्याप्त आपूर्ति भइरहेकाले अनावश्यक रूपमा धेरै चिनी खरिद गरी सञ्चय गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने भएकाले सामान्य आवश्यकताअनुसार मात्रै खरिद गर्न विभागले आग्रह गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T