Skip to content
Prabhu

बीमा उपसूचकमा हरियाली, २३ बीमा कम्पनीको सेयर मूल्य बढ्दा राष्ट्रिय बीमा कम्पनीको घट्यो

काठमाडौं । बिहीबार सेयर बजारमा २३ वटा बीमा कम्पनीको सेयर मूल्य बढ्यो भने एउटाको सेयर मूल्य घटेको छ । साताको कारोबार हुने अन्तिम दिन सेयर बजारमा २४ मध्ये २३ बीमा कम्पनीको सेयर मूल्य बढ्यो भने राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य भने घटेको हो ।

समग्र बजार घटेको दिन अधिकांश बीमा कम्पनीका सेयरधनीले सेयर बजारबाट नाफा कमाए । आज समग्र सेयर बजार घटे पनि बीमा उपसूच कभने बढेको छ । आज जीवन बीमा उपसमू र निर्जीवन बीमा उपसमूह दुवैमा उच्च अंकको वृद्धि भएको छ । आज जीवन बीमा उपसमूह ४७४ दशमलव ७२ अंकले बढेको छ भने निर्जीवन बीमा उपसमूह २३१ द्यशमलव ५० अंकले बढेको छ । आज जीवन बीमा तर्फका सबै कम्पनीको सेयर मूल्य बढेको छ भने निर्जीवन बीमा तर्फका ११ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको भने घटेर कारोबार बन्द भएको छ ।

आज जीवन बीमा उपसूचक ३.६९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.७४ प्रतिशतले बढेको छ । आज जीवन बीमा तर्फ हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ५.३९ प्रतिशतले सर्बाधिक बृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँ ९० पैसाले बढेर ४८६ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ५.२३ प्रतिशत अर्थात् ३२ रुपैयाँले बढेर ६४४ रुपैयाँ पुगेको छ । बिहीबार सानिमा रिलायन्स लाइफको सेयर मूल्यमा पनि ४.५३ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य २३ रुपैयाँ ८० पैसाले बढेर ५४९ रुपैयाँ पुगेको छ ।

आज एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य २३ रुपैयाँ ९० पैसाले बढेर ७५३ रुपैयाँ ९० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ३.२७ प्रतिशतले बढी हो । त्यस्तै सिटिजन्स लाइफको सेयर मूल्य अघिल्लो दिनको भन्दा २२ रुपैयाँले बढेर ६३५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ३.५९ प्रतिशतले धेरै हो ।

त्यस्तै बिहीबार आइएमई लाइफको सेयर मूल्य पनि ४.४० प्रतिशत अर्थात् २३ रुपैयाँ ५० पैसाले बढेर ५५७ रुपैयाँ ५० पैसा पुगेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य पनि ४१ रुपैयाँले बढेर १ हजार ७४२ रुपैयाँमा कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा २.४१ प्रतिशतले बढी हो ।

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । जुन अघिल्लो दिनको भन्दा २.९६ प्रतिशतले धेरै हो । यो कम्पनीको सेयर मूल्य ८७० रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै नेशनल लाफइको सेयर मूल्य पनि २.८९ प्रतिशत अर्थात् २० रुपैयाँ २० पैसाले बढेर ७२० रुपैयाँ पुगेको छ ।

त्यस्तै रिलायबल नेपाल लाइफको सेयर मूल्य ३.०१ प्रतिशत अर्थात् १६ रुपैयाँले बढेर ५४८ रुपैयाँ, सूयृज्योति लाइफको सेयर मूल्य ३.७३ प्रतिशत अर्थात् १९ रुपैयाँले बढेर ५२८ र सन नेपाल लाइफको सेयर मूल्य ४.८७ प्रतिशत अर्थात् २९ रुपैयाँले बढेर ६२४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यता आज निर्जीवन बीमा उपसूचकको सेयर १.७४ प्रतिशत अर्थात् २३१ द्यशमलव ५० विन्दुले बढेको छ । समग्र उपसूचक बढे पनि राष्ट्रिय बीका कम्पनीको सेयर मूल्य भने आज घटेको छ । यो उपसूचकमा कारोबार भएका १२ मध्ये ११ कम्पनीको सेयर मूल्य बढेको छ ।

आज सेयर बजारमा निर्जीव बीमा कम्पनीमध्ये सबै भन्दा धेरै नेपाल इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । यो कम्पनीको सेयर मूल्य ५.०१ प्रतिशत अर्थात ५० रुपैयाँ १० पैसाले बढेर १ हजार ५० रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको सेयर मूल्य पनि आज ४.६६ प्रतिशतले बढेको छ । यो स्टकको सेयर मूल्य आज ४५ रुपैयाँले बढेर १ हजार १० रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य पनि आज २९ रुपैयाँले बढेर ७४५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.०५ प्रतिशतले बढी हो ।

त्यस्तै आज आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १६ रुपैयाँ ५० पैसाले बढेको छ । आजको कारोबार बन्द हुँदा यो स्टकको सेयर मूल्य ६६७ रुपैयाँ ५० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा २.५३ प्रतिशतले बढी हो । नेको इन्स्योरेन्सको सेयर मूल्य पनि प्रतिकित्ता १९ रुपैयाँले बढेको छ । जुन अघिल्लो दिनको भन्दा २.०५ प्रतिशतले बढी हो र ९४८ रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

बिहीबारको कारोबार बन्द हुँदा एनएलजी इन्स्योरेन्स्को सेयर मूल्य ३५ रुपैयाँ १० पैसाले बढेर ९७० रुपैयाँमा कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा ३.७५ प्रतिशतले धेरै हो । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य पनि आज १३ रुपैयाँले बढेर ८३९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.५७ प्रतिशतले धेरै हो ।

त्यस्तै आज सानीमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको भन्दा ३.७३ प्रतिशत अर्थात् २५ रुपैयाँ ८० पैसाले बढेर ७१८ रुपैयाँ, शिखर इन्स्योरेन्सको २.३० प्रतिशत अर्थात् २० रुपैयाँले बढेर ८९० रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.२५ प्रतिशत अर्थात १२ रुपैयाँ १० पैसाले बढेर ९८० रुपैयाँ र युनाइडेट अजोड इन्स्योरेन्सको सेयर मूल्य ३.६५ प्रतिशत अर्थात् २७ रुपैयाँ ८० पैसाले बढेर ७८९ रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

आज सेयर मूल्य घट्ने एक मात्रै बीमा कम्पनी सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ३.३३ प्रतिशतले घटेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ५८८ रुपैयाँ ९० पैसाले घटेर १७ हजार १११ रुपैयाँ १० पैसा कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal