Skip to content

बिलबीजक नभएका १ करोड ३१ लााखभन्दा बढी मूल्यका सामान बरामद

वीरगञ्ज । वीरगञ्जमा १ करोड ३१ लाख १५ हजार ६ सय ९८ रुपैयाँ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

उनले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए। प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi