Skip to content
Prabhu

बुधबार कुमारी इक्विटी फण्डमा नकारात्मक सर्किट, धेरै घट्ने शीर्ष ५ कम्पनी

काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेर बन्द भयो । कारोबार हुने साताको चौथो दिन सेयर बजार ९० अंकले घटेको दिन कुमारी इक्विटी फण्डमा सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज कुमारी इक्विटी फण्डको सेयर मूल्यमा १० प्रतिशतको गिरवाट आएको छ । यो कम्पनीको सेयर मूल्य १ रुपैयाँ ०८ पैसाले घटेर ९ रुपैयाँ ६२ पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आज गुडविल फाइनान्स कम्पनी, कुमारी धनवृद्धि योजना, हिमालयन पावर पाटर्नर र सुपर माइ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् ।

बुधबारको कारोबार बन्द हुँदा गुडविल फाइनान्सको सेयर मूल्य ११० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको कारोबारभन्दा ८.७३ प्रतिशतको गिरावट हो । त्यस्तै आज कुमारी धनवृद्धि योजनाको सेयर मूल्य पनि ८.६१ प्रतिशत अर्थात् ०.९२ रुपैयाँले घटेर ९ रुपैयाँ ७६ पैसामा पुगेको छ ।

त्यस्तै आज धेरै घट्ने कम्पनीको शीर्ष पाँचभित्र परेको अर्को कम्पनी हो हिमालयन पावर पाटर्नर । यो कम्पनीको सेयर मूल्य पनि ७.६३ प्रतिशत अर्थात् ३२ रुपैयाँ २० पैसाले घटेर ३८९ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ । आज सुपर माइ हाइड्रो पावरको सेयर मूल्य ९० रुपैयाँले घटेर १ हजार ११४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४८ प्रतिशतले कम हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal