Skip to content
Prabhu

अर्थसमितिमा सहमतिः १ करोडभन्दा माथिको चेक बाउन्समा दोषी ठहर भए २ वर्षसम्म जेल

काठमाडौं । चेक अनादर मुद्दामा दोषी ठहर भए १ महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भई सर्वसम्मत रूपमा पारित भएको हो ।

संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ । दफावार छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वसहमतिले पास भएको घोषणा गरे ।

global
अर्घाखाँची सिमेन्ट

चेक अनादर प्रमाणित भएमा ५ प्रतिशत जरिवाना हुने सहमति भएको पनि उनले जानकारी दिए । उनले १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्मकोमा तीन महिना, एक करोडसम्म १ वर्ष र १ करोड रुपैयाँभन्दा माथिको चेक अनादर प्रमाणित भए २ वर्षको कैद सजाय हुने विषयमा सहमति भएको जानकारी दिए ।

छलफलमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयकमाथिको बुँदा ७ माथिको छलफल मुख्य बुँदा बनेको बताए । संशोधन विधेयक माथि समितिले व्यवस्था गर्ने विषयमा समिति स्वतन्त्र रहने भन्दै समितिमा भएका छलफल सकारात्मक रहेको बताए ।

उनले अनादरको प्रवृत्तिलाई नियन्त्रण र निरुत्साहित गर्ने गरी कानूनी रुपमा सजायको व्यवस्था गरिनुपर्ने बताए कसुरको तहका आधारमा सजायको व्यवस्था गर्दा उपयुक्त हुने उनले धारणा राखे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal