Skip to content
Prabhu

बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

dd{tkl5 ;~rfngdf NofPsf] emf]n'ª] k'n uf]/vf, @% c;f]h M dd{tkl5 ;~rfngdf NofOPsf] uf]/vfsf] ;lxb nvg ufpFkflnsf–#,l;lnª6f/ / lrtjgsf] OR5fsfdgf ufpFkflnsf –$, r]/]; hf]8g] lqz'NfL gbL dflysf] emf]n'ª] k'n . oxLF c;f]h !! ut] lqz'nL gbLdf cfPsf] af9Ln] ;f] k'ndf Iflt k'¥ofP/ dflg; cf]xf]/bf]xf]/df ;d:of x'Fb} cfPsf] lyof] lyof] . tl:j/ M bLks >]i7÷/f;;

गोरखा । त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरिएको हो । ‘सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो’, अध्यक्ष थापामगरले भने ।

स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसँगै नागरिकलाई पुलबाट आउजाउ सहज भएको छ । ‘बाढीले पुलको लट्ठामा क्षति पु¥याएको थियो,’ उनले भने, ‘टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ ।’

कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुङ्गे पुललाई यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएको थियो । मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

api