Skip to content
Prabhu

सोमबार नेप्से ५८ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ८० करोड

nabil

काठमाडौं । सातको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८ अंकले घटेर २६२.८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ११.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७१ अंक घटेको छ।

सोमबार ३ सय १९ कम्पनीको १ करोड ३७ लाख १५ हजार १ सय ५२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८० कारेड १ लाख ५ हजार ३ सय ७४ रुपैयाँको कारोबार भएको छ ।

सोमबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड ७३ लाख २९ हजार ७ सय २३ रुपैयाँको कारोबार भएकको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ५४ रुपैयाँ रहेको छ ।

सोमबार १९ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज १ कम्पनीको सेयर मूल्यमा ९.८२ अंकले बढेका छ भने ङादी हाइड्रोपावरको सेयर मूल्य ९.२० अंकले घटेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal