Skip to content
Prabhu

युनिलिभर नेपालको साधारणसभा भोलि, लाभांश प्रस्ताव पारित गर्ने

nabil

काठमाडौं । युनिलिभर नेपालको साधारणसभा भोलि आयोजना हुँदैछ । युनिलिभर नेपालको ३१ औँ वार्षिक साधारणसभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजेदेखि सुरु हुने छ ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । कम्पनीले वितरण गर्न लागेको यो हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो ।

सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ। चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि बुक क्लोज गरिसकेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal