Skip to content
Prabhu

सेयर बजारमा ९ अंकको गिरावट, कारोबर रकम ४ अर्ब ७३ करोड

nabil

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक ९ अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ९ दशमलव १९ अंकको गिरावट आएको हो ।

साताको पहिलो दिनको कारोबार बन्द हुँदा परिसूचक २६१७ दशमलव ९५ विन्दुमा पुगेको छ । आज सेयर बजामार १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले घटेर ४६९ दशमलव ८० विन्दुमा पुगेको छ ।

आज १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्यमा हरियाली देखिएको छ भने ८ वटाको सेयर मूल्य राताम्य भएर बन्द भएको छ ।

परिसूचक एकल अंकले घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ५ अर्व भन्दा माथिको कारोबार भएको सेयर बजारमा आज पाँच अर्वको पनि कारोबार हुन सकेन् ।

आज सेयर जबारमा ३२० कम्पनीका १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर ५६ हजार ६४६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेर बन्द भए पनि चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal