काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनी विन्ध्यवासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने हुँदा आज (कात्तिक २७ गते) सम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट कर सहित ८ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न मंसिर ६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यालय परिसरमा बिहान ११ बजे साधारणसभा बस्नेछ । सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्