काठमाडौं । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आज बस्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।
सभामा हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ । यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप पनि सभाका लागि तय गरिएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्