Skip to content

स्मार्ट च्वाइस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ। उक्त वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बरे प्रस्ट पारे। वशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा, कार्ड, भिसा कार्ड, नेपाली पे कार्ड, आदि, मोबाइल बैंकिङ सेवा, अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवामा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे ।

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीनतम सेवाहरू स्मार्ट क्यूअर र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेसन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे ।

स्मार्ट क्यूअर, स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरूमार्फत सुन्न सकिने से कम्पनीले जनाएके छ । स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाइफाईसँग लिंक गरेर वा स्मार्ट क्यूआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्समार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । एससीटीले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्युअर साउन्डबक्समार्फत जानकारी लिनसकिन्छ ।

साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नवीनतम प्रविधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापनलगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi