काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव ६४ अंकले बढेर २७५८ दशमलव ४१ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स १ दशमलव २९ अंकले बढेर ४९७ दशमलव २० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर हरको छ ।
मंगलबारको प्रि ओपन सेसनमा ७३ स्टकको ३७ हजार ३५५ कित्ता सेयर २०८ पटक खरिद बिक्री हुँदा ३ करोड ८० लाख ४५ हजार ८२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्