Skip to content
Prabhu

ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बीमा सुविधासम्बन्धी सम्झौता

nabil

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंक बीच बीमा सुविधा सम्बन्धी सम्झौता भएको छ । लघु बीमा कम्पनी ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंक बीच एक कार्यक्रमका बीच समझदारीमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूलाई सेवामा सरलता र थोरै शुल्कमा बीमा सुविधा प्रदान हुने भएको हो । सम्झौताका लागि कामना सेवा विकास बैंकका उप–महाप्रबन्धक हरी प्रसाद लाम्साल र ट्रस्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल ढुंगानाको उपस्थित थियो ।

आगामी दिनमा लघु बीमाले जोखिम बहन गरेकै कारण आफ्नो व्यावसायमा पनि थप सुरक्षण मिल्ने बैंक पक्षले अपेक्षा गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal