Skip to content
Prabhu

सिटिजन्स बैंक ग्राहकलाई होटल ली हिमालयमा १५ प्रतिशत छुट

nabil

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाजिम्पाटस्थित होटल ली हिमालयसँग विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ । यस सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका छन् ।

यस सहकार्यले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ । डिजिटल माध्यमबाट भुक्तानी गर्दा पाइने यस्ता सुविधाहरूले नगद कारोबारलाई कम गर्न मद्दत पुर्याउने अपेक्षा बैंकले गरेको छ । ग्राहकहरूको लागि बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्न समय–समयमा यस्ता सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले हाल ६० जिल्लामा १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal