Skip to content
Prabhu

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १४ प्रतिशत लाभांश घोषणा दिने गरेको हो ।

जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्