Skip to content
Prabhu

१५ प्रतिशत लाभांश दिन मिथिला लघुवित्त निर्णय

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को लागि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा १४.२८६ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ छ ।

global
अर्घाखाँची सिमेन्ट

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीले आगामी साधारणसभाबाट पारित गरेपछि वितरण हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal