Skip to content
Prabhu

४ महिनामा करिब ५ अर्बको बीमा पोलिसी सरेन्डर, सबैभन्दा धेरै एलआईसीको, कुन कम्पनीमा कति ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा करिब ५ अर्ब हाराहरीको बीमा पोलिसि सरेन्डर भएको छ । नेपाल बीमा प्राधिरणका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँको बीमा पोलिसि सरेन्डर भएको हो ।

चार महिनाको अवधिमा ३५ हजार ९८५ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । बीमा प्राधिरणका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा सबैभन्दा धेरै बीमा पोलिसी सरेन्डर लाइफ इन्स्योरेन्स कर्पोरेन्स (नेपाल) को भएको छ । कात्तिक मसान्तसम्म यो कम्पनीका १० जार ४८ बटा बीमा पा्लिसि सरेन्डर भएका छन् ।

उक्त बीमा पोलिसि सरेन्डर हुँदा १ अर्ब ५७ लाख ६६ हजार रुपैयाँको सरेन्डर भएको छ । त्यस्तै धेरै बीमा पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो नम्बरमा रहेको छ । यो कम्पनीका बीमितले ८ हजार ४०८ वटा बीमा पोलिसिमार्फत १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बीमा सरेन्डर भएको छ ।

त्यस्तै धेरै रकम सरेन्डर हुने कम्पनीको तेस्रो नम्बरमा राष्ट्रिय जीवनन बमिा कम्पनी रहेको छ । यो कम्पनीका ३ हजार ८७५ बीमितिले ३७ करोड ४१ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै प्राधिकरणको तथ्यांक आुसार नेसनल लाइफ इन्स्योरेन्सको १ हजार ९७९ वटा पोलिसीबाट २९ करोड ३१ लाख रुपैयाँ सरेन्डर भएको छ ।

कात्तिक मसान्तसम्ममा मेट लाइफको १ हजार २४५ वटा पोलिसीबाट १३ करोड ५३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ हजार ६२३ वटा पोलिसी सरेन्डर हुँदा २७ करोड ९६ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ५८७ पोलिस सेरेन्डर हुँदा ६ करोड ५४ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको २३२ वटा पोलिसी सरेन्डर हुँदा २ करोड २९ लाख रुपैयाँ सरेन्डर भएको छ ।

त्यस्तै कात्तिक मसान्तसम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट ५८२ पोलिसी सरेन्डर हुँदा ३ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ९०३ पोलिसीबाट ६ करोड ५२ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ हजार ९१० पोलिसीबाट २३ करोड ११ लाख रुपैयाँ सरेन्डर भएको छ ।

त्यस्तै सानिमा रिलायन्सलाइफ इन्स्यारेन्सबाट ६६३ पोलिसीबाट ९ करोड ३१ लाख रुपैयाँ, हिमालय लाइफ इन्स्योरेन्स कम्पनीका २ हजार ४९८ पोलिसीबाट २२ करोड ७४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ४३२ पोलिसीबाट ५ करोड ४९ लाख रुपैयाँ सरेन्डर भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal