काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ ।
नेपालको एक मात्र सदर चिडियाखाना, जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले टिकट भुक्तानीका लागि डिजिटल माध्यमको व्यवस्था गरे सँगै अनलाइन भुक्तानी सम्भव भएको हो ।
अवलोकनकर्ताहरूले आफ्नो मोबाइल बैंकिङबाट क्यूआर कोडको माध्यमबाट सहज भुक्तानी गरी प्रवेश टिकट प्राप्त गर्न सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरूलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्