Skip to content
Prabhu

मञ्जुश्री फाइनान्सको लाभांश प्रस्ताव

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.३५ प्रतिशतका दरले नगद लाभाशं (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित परेपश्चात् लाभांश सेयरधनीहरूमा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्