काठमाडौं । एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा २४ घण्टा अवरुद्ध हुने भएको छ ।
डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंकले आगामी मंसिर २८ गते शुक्रवार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिवार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ ।
बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्