Skip to content

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा आज, १४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा आजका लागि बोलाइएको छ । कम्पनीको १२ औँ वार्षिक साधारणसभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

सभामा चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गरिनेछ । कम्पनीले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ । यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते बुक क्लोज गरिसकेकाले मंसिर १३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्