Skip to content
Prabhu

एलआईसी नेपालको हकप्रद निष्कासनको अवधि थप

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८ दशमलव ४५ प्रतिशत हकप्रद सेयरको निष्कासन मिति थप गरेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै पुस १७ गतेसम्मको मिति कायम गरेको हो ।

यो हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गरिएको थियो। बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal