काठमाडौं । नेपाल एसबिआई बैंक र रेडिसन होटल काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सो सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र रेडिसन होटल काठमाडौँका निर्देशक (खाद्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए ।
सो कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा होटलका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्