काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्