काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको पुसर ४ गते बसेको सञ्चालक समतिको बैठकले पुस २६ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
लघुवित्तको साधारणसभा चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा पुस २६ गते बिहान १० बजेदेखि सुरु हुने छ । सभाले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ भने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ ।
बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न र अन्य लघुवित्त संस्थासँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्