काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अझै बढ्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले बैंकको खराब कर्जा अझै बढ्ने बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघको कार्यक्रममा नियमन विभागका प्रमुख पौडेलले बैंकको खराब कर्जा बढ्ने समस्या अझै बढ्ने देखिएको बताए ।
असोज मसान्तमा ३ वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि थियो । यस्तै एक दर्जन बैंकको ५ प्रतिशत नजिक थियो । पुसमा यो संख्या अझै बढ्ने अनुमान बैंकरहरुको छ ।
प्रतिक्रिया दिनुहोस्