काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको साधारणसभा आज आयोजना हुन्दैछ । बैंकको ३१औं वार्षिक साधारणसभा आज काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।
सभामा बैंकले हाल कायम चुक्ता पुँजीको आधारमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ । त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
त्यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरि सकेकोछ । यसको आधारमा पुस ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्