Skip to content

सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुररुपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आइतबार अख्तियारले १२ जनाविररुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सवइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा र योजनाशाखा प्रमुख नविन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाका उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छत्याल, सहसंयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही, सचिव मुकुन्दे दमाईविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

सडक अनुगमन समिति संयोजक दलवीर सार्की, सदस्य पुने शाही, गाउँपालिका–१ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।

२०७७/७८ मा गाउँपालिका-१ स्थित पीसीसी सडक निर्माण योजनामा वास्तविक काम भन्दा बढी मुल्यांकन गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार ४० लाख १३ हजार ४३९ रुपैयाँमा सम्झौता गरेर थप ७ लाख ६ हजार ७९९ रूपैयाँ बढी लिएको अख्तियारको आरोप छ। अख्तियारले उनीहरूसँग सम्झौताभन्दा थप लिएको रकम बराबरको विगो माग दाबी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi