Skip to content

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट सुविधा पाउने भएका छन् ।

काठमाडौं महानगरपालिका-२२, न्युरोड स्थित जोय स्टोर र प्रभु बैंकबीच जोय स्टोरका सेवामा विशेष छुट पाउनेछन् । प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा ५ प्रतिशत र म्याकबुकमा प्रतिशत छुट पाउनेछन् ।

यस्तै आफोनर र म्याकबुकको पार्टपुर्जामा क्रमशः ५ र २० प्रतिशत छुट पाउनेछन् । बैंकका क्रेडिट कार्य बाहकहरुलाई इन्स्ट्रा पे स्किमबाट किस्ताबन्धी सुविधा पाउने भएका छन् ।

उक्त छुट सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकको चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi