काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य घटेको दिन ४ कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर बन्द भएको छ ।
आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया डिबेन्चर २०८५/८६ रहेका छन् । आज विन नेपाल लघुवित्त र सुपर मादीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
आज विन नेपाल लघुवित्तको सेयर मूल्य ३३० रुपैयाँले घटेर २ हजार ९७० रुपैयाँ पुगेको छ । त्यस्तै सुपर मादीको सेयर मूल्य १४७ रुपैयाँ ६० पैसाले घटेर १ हजार ३२८ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज भूगोल इनर्जीको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ८१ रुपैयाँ १० पैसाले घटेर ७७५ रुपैयाँ ८० पैसा पुगेको छ । आज एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य पनि ९.९६ प्रतिशतले घटेर १ हजार ५३ रुपैयाँ ५० पैसा पुगेको छ । यो कम्पनीको प्रतिकित्ता ११६ रुपैयाँ ५० पैसाले मूल्य घटेको छ ।
त्यस्तै आज धेरै मूल्य घट्ने पाँचौं कम्पनीमा नेपाल फाइनान्स रहेको छ । यो कम्पनीको सेयर मूल्य ५७ रुपैयाँले घटेर ७४० रुपैयाँ पुगको छ । यो अघिल्लो दिनको भन्दा ७.१५ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्