Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दिउसो साढे १ बजे सम्मको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १५९ रुपैयाँ ५० पैसाले घटेर १ हजार ४३५ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएमा सर्किट लागेर कारोबार बन्द हुन्छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवधिको कारोबार जारी रहँदा सेयर बजार परिसूचक समेत १ दशमलव ९४ अंकले घटेर २६४१ दशमलव ९९ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ५ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्