काठमाडौं । नेप्सेमा सूचीकृत भएका वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकको सेयर मूल्य २५० भन्दा तल रहेको छ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये जम्मा ४ वटा बैंकको सेयर मूल्य मात्रै ४०० भन्दा माथि रहेको छ भने ३०० सयभन्दा कम सेयर मूल्य हुने बैंक १४ वटा रहेका छन् ।
यो साताको मंगलबार माघ १५ गतेको कारोबार अवधिसम्ममा १४ वटा बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा पनि कम रहेको छ भने एउटाको त २०० रुपैयाँभन्दा कम पुगेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम सेयर मूल्य भएको बैंक कुमारी हो भने सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक स्ट्यान्डर्ड चार्टर्ड हो । कुमारी बैंकको सेयर मूल्य १९६ रुपैयाँ ३० पैसा रहेको छ भने स्ट्यान्डर्ड चार्टर्डको ६७० रुपैयाँ रहेको छ ।
नेप्सेका अनुसार मंगलबारको सेयर कारोबार बन्द हुँदा ३०० रुपैयाँभन्दा कम सेयर मूल्य हुने बैंकमा कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा, एनएमबि, हिमालयन र सिद्धार्थ बैंक छन् । १४ वटा बैंकमध्ये कृषि विकास र सिद्धार्थबाहेक बाँकी १२ वटा बैंकको सेयर मूल्य २५० भन्दा पनि कम रहेको छ ।
मंगलबारको कारोबार बन्द हुँदा कृषि विकास बैंकको सेयर मूल्य २८६ रुपैयाँ पुगेको छ । त्यस्तै सिटिजन्स बैंकको सेयर मूल्य २०५ रुपैयाँ, ग्लोबल आइएमई बैंकको २१८ रुपैयाँ ९० पैसा, कुमारी बैंक १९६ रुपैयाँ ३० पैसा, लक्ष्मी सनराइजको २०८ रुपैयाँ, माछापुच्छ्रे बैंकको २२३ रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २०८ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै प्रभु बैंकको २१७ रुपैयाँ ५० पैसा, सिद्धार्थ बैंकको २८६ रुपैयाँ, नेपाल बैंकको २४५ रुपैयाँ, सानिमा बैंकको २९१ रुपैयाँ १० पैसा, एनएमबि बैंकको २४० रुपैयाँ, प्राइम कमर्सियल बैंकको २३७ रुपैयाँ र हिमालयन बैंकको सेयर मूल्य २२३ रुपैयाँ पुगेको छ ।
त्यस्तै दोस्रो बजारमा ३०० रुपैयाँभन्दा माथि मूल्य हुने बैंक ५ वटा छन् । ३०० भन्दा बढी सेयर मूल्य हुने बैंकमा एभरेष्ट बैंक, एनआइसी एसिया, नबिल, नेपाल एसबिआई र स्ट्यान्र्डर्ड चार्टर्ड बैंक छन् । दोस्रो बजारमा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६०० रुपैयाँ रहेको छ । त्यस्तै एनआईसी एसिया बैंकको सेयर मूल्य ३५७ रुपैयाँ हुँदा नबिल बैंकको सेयर मूल्य ४७६ रुपैयाँ पुगेको छ । त्यस्तै एसबिआई बैंकको ४१६ रुपैयाँ हुन्दा स्ट्यान्र्डर्ड चार्टर्डको सेयर मूल्य ६७० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्