Skip to content
Prabhu

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४७.४२ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६४.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३१.९७ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७.३६ प्रतिशत घटेको छ ।

global
अर्घाखाँची सिमेन्ट

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ १० पैसा बढेर २६ रुपैयाँ ३५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.८७ गुणा रहेको छ । ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal