Skip to content
Prabhu

अर्थ सचिवको जिम्मेवारी दैलेखका घनश्याम उपाध्यायलाई

काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

अर्थ मन्त्रालयको नेतृत्वमा फेरबदल गर्दै सरकारले उपाध्यायलाई नयाँ जिम्मेवारी दिएको हो । अर्थ सचिव रहेका डा. घिमिरेको कार्यक्षमताको विषयलाई लिएर यसअघि नै पटक पटक सरुवा गर्ने चर्चा शुरु भएपनि सरुवा निर्णय रोकिँदै आएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

उपाध्यायलाई आर्थिक प्रशासनमा राम्रो अनुभव छ । उनले कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन् । त्यस्तै, बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष बिताएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन् ।

ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका उपाध्याय सरल स्वभावका तथा कामकाजी प्रशासकका रूपमा चिनिन्छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal